सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रक्तदान कार्यक्रमको आयोजना, ५७ पिन्ट रगत संकलन

२०७७ असोज ३, ०४:०८ खबर संवाददाता

धनगढी– संविधान दिवसको अवसरमा धनगढीको नमस्ते युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। क्लवले धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित भगवती टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

क्लवका सचिव प्रदिप जोशीले कार्यक्रममा ५७ जनाले रक्तदान गरेको जानकारी दिए। उनले रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस