सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शनिवार थपिए ६ कोरोना संक्रमित

२०७७ असोज ३, ०३:५० खबर संवाददाता

धनगढी– शनिवार कैलालीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो।

११ जना मध्ये धनगढी उप–महानगरपालिकाका ६ जना छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना र वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गोदावरी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै वडा नम्वर १२ का हुन्।

जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। योसंगै कैलालीमा संक्रमितको संख्या दुई हजार एक सय २४ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस