Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत जोशीलाई विभूषण

खवर संवाददाता
२०७७ असोज ३, ०१:५६
अ+

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीलाई विभूषित गरिने भएको छ। 

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सोही अनुसार जोशीलाई प्रबल जनजसेवा चतुर्थबाट विभुषित गरिने छ। विभूषण आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ।

सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन्। 
 

Skip Ad