सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पत्रकार मृत भेटिएको घटनाको अनुसन्धान गर्न महासंघको माग

२०७७ असोज ३, १२:४४ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाकी पत्रकार निर्मला पहराइ मृत भेटिएको घटनाको अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै पहराइ केही दिनदेखि सम्पर्क विहिन भई झुण्डिएको अवस्थामा मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य छानविन गर्न माग गरिएको हो।

 ‘केही दिनअघि सम्पर्कविहिन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’ महासचिव विष्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

पहराइ मृत अवस्थामा भेटिएको घटनाले पत्रकार महासंघ स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जली दिदै शोककाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।

भदौँ ३१ गतेदेखि हराईरहेकी पत्रकार पहराई शुक्रबार घोडाघोडी ५ को सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन्।

उनी रेडियो कैलालीमा कार्यरत थिईन्। पहराइ मृत भेटिएको घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस