सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मृत फेला परेकी पत्रकारको अन्तिम पोष्ट– म मरेको दिन कस्तो होला ?

२०७७ असोज २, ०६:५६ खबर संवाददाता

धनगढी– कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइ आज मृत फेला परेकी छिन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराइ भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने आज वडा नम्वर ५ को सामुदायिक वनमा भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनले १६ दियता सामाजिक सञ्जाल फेसवुकमा कुनै पोष्ट गरेकी छैनन् भने अन्तिम पोष्ट सेप्टेम्वर २ मा गरेकी छिन्।

उनले सेटोपाटीमा प्रकाशन भएको ‘म मरेको दिन कस्तो होला ?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन्। यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो।

सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृतक पहराइले पोष्ट गरेकी थिईन्।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस