सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बेवारिसे शव फेला

२०७७ असोज १, ०२:०५ खबर संवाददाता

धनगढी: कैलालीमा गोदावरीमा एक बेवारिसे शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–८ मा रहेको खुटिया नदीको किनारमा एक पुरुषको शव फेला परेको हो। 

अन्दाजी ५५/६० वर्षीय ती पुरुषको शव बुधवार खुटिया पुलभन्दा ५ किलोमिटर पर उत्तर खुटिया नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उनको सनाखत नभएको प्रहरीले जनाएको छ।

कपाल फुलेको, सेतो हाफ सर्ट, निलो पाइन्ट लगाएको उक्त पुरुषलाई चिन्नेले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।  

शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  प्रतिक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस