सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमानको पुनःनियुक्ति र डा केसीको माग पुरा गर्न भन्दै धनगढीमा प्रदर्शन

२०७७ भदौ ३१, ०६:११ खबर संवाददाता

धनगढीः कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न र डा गोविन्द केसीको माग सम्बोधन गर्नुुपर्ने भन्दै धनगढीमा प्रदर्शन भएको छ।

बुधबार युवाहरुले धनगढीको पार्कमोडमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन। कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्ने र डा केसीले उठाएका माग तुरुन्त सम्बोधन हुनुपर्ने भन्दै दबावस्वरुप प्रदर्शन गरेको सुरेन्द्र शाहले बताए। 

घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो। प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ।

यस्तै चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लाको चन्दननाथ –६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा आफ्नो १९औँ सत्याग्रह सुरु गरेका छन्। 

कमेन्ट लोड गर्नुस