सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञा आज मध्यरातिदेखि सकिदै

२०७७ भदौ ३१, ०४:२२ खबर संवाददाता

धनगढी– कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिदैछ। मध्यरातिदेखि निषेधाज्ञा सकिन लागेपनि कुनै नयाँ निर्णय हुन सकेको छैन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केन्द्रबाट विशेष निर्देशन नआए मध्यरातिदेखि नै निषेधाज्ञा हट्ने सम्भावना बढि रहेको बताए।

‘सार्वजनिक यातायात भोलीदेखि पूर्ण रुपमा सञ्चालन हुने भन्ने सुनेको छु। तर हामीलाई अहिलेसम्म आधिकारीक रुपमा त्यस्तो कुनै निर्णय प्राप्त भएको छैन्,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘शैक्षिक संस्थाको विषयमा पनि कुनै निर्णय आएको छैन्। गृह मन्त्रालयको निर्देशनको पर्खाइमा छौ।’

लकडाउन सकिएपछि भदौ ४ गतेदेखि कैलालीमा निषेधाज्ञा जारी भएको थियो। पहिलो पटक जारी गरिएको निषेधाज्ञा १४ गतेसम्म थियो भने प्रमुख जिल्ला अधिकारी बोहराले १९ गतेसम्म लम्ब्याउने निर्णय लिएका थिए। १९ गतेपछि भने निषेधाज्ञालाई खुकुलो बनाउँदै ३१ गते सम्म लम्ब्याइएको थियो। 
 

कमेन्ट लोड गर्नुस