सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमानको पुनःनियुक्तिको माग गर्दै धनगढीमा प्रदर्शन

२०७७ भदौ ३१, ०२:१८ खबर संवाददाता

धनगढी:  कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै धनगढीमा प्रदर्शन भएको छ।

आफुलाई कुलमानको समर्थक बताउने युवाहरुले नेपाल विद्युत प्राधिकरण धनगढी अगाडि व्यनरसहित प्रदर्शन गरेका हुन। कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी नदिएसम्म प्रदर्शन जारी राख्ने एक प्रदर्शनकारी कृतज्ञ शाहीले बताए।

घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो। प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ।

प्रधानमन्त्री नै कुलमानलाई दोहो¥याउन इच्छुक छैनन्। जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ।

कमेन्ट लोड गर्नुस