सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०७७ भदौ ३१, ०२:१० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–६ का २२ वर्षीय प्रेम सिह साउद र कमल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

सिहको साथबाट १ ग्राम २९० मिलिग्राम र चौधरीको साथबाट ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

दुवैजनामाथि कानुन बमोजिम कारवाही र अनुसन्धान भइरहेको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस