नेपाल ईटा उद्योग महासंघका केन्द्रिय सदस्य ऐरले गरे घर भाडा छुट
धनगढी– नेपाल ईटा उद्योग महासंघका केन्द्रिय सदस्य तथा पुर्नबास उद्योग बाणिज्य संघका सदस्य दिप बहादुर ऐरले आफ्नो घर भाडामा छुट दिएका छन्।
ऐरले धनगढी मेनरोडमा रहेको नेपाल एसबिआई बैंक लिमिटेडलाइ एक महिनाको १५ प्रतिशत भाडा छुट गरेका हुन।
लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञाका कारण सबै क्षेत्रको अर्थतन्त्र धरासायी भएको र बैंकीङ क्षेत्र पनि समस्यामा परेकाले आफुले भाडा छुट गरेको ऐरले बताए।