राष्ट्रिय सौन्दर्यकर्मी युनियन धनगढीको अध्यक्षमा रोकाया
धनगढी : राष्ट्रिय सौन्दर्यकर्मी युनियन धनगढीको अध्यक्षमा व्युटीसियन सपना रोकाया चयन भएकी छन्। आज धनगढी उप - महानगरपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको प्रथम नगर सभा बाट नगरकमिटी चयन गरिएको हो।
युनियनको उपाध्यक्षमा कुशुम चौधरी, सचिवमा जानकी तिरुवा, सहसचिवमा ज्योती गुरुङ , कोषाध्यक्षमा सल्मा कुश्मि चयन भएका छन्।
यस्तै उषा केसि, सन्जु चौधरी,सुनिता चौधरी,प्रमिला राना, फिरिया चौधरी, सरिता चौधरी, बबिता चौधरी र पार्वती चौधरी सदस्यमा चयन भएका छन्।
नगरकमिटी गठन गरिए पछी सो कमिटीले थप आगामी योजनाबारे छलफल गरिएको अध्यक्ष रोकायले बताईन्। कार्यसमिती गठन पछी राखीएको बैठकमा नगर कमिटी यूनियनका सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको थियो।