सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वन मुद्दामा फरार दुईजना पक्राउ

२०७७ भदौ १९, ०९:५० खबर संवाददाता

धनगढी– कैलालीमा वन मुद्दामा फरार दुईजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर ९ बस्ने ३३ बर्षीय नरे सार्की र कैलारी गाउपालीका वडा नम्बर ५ बस्ने बर्ष ५१ का राम बहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार सार्कीलाई २०७१ साल मंसिर २२ गते कैलाली जिल्ला अदालतबाट एक लाख ११ हजार जरिवाना असुल गर्न आदेश भएको थियो भने कठरियालाई एक लाख ८४ हजार नौँ सय २८ रुपैँया जरिवाना भएको थियो। 
 

कमेन्ट लोड गर्नुस