रानीसैन क्षेत्र संरक्षण गर्न संघीय सरकारसँग मेयर हमालको आग्रह
धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानीसैन क्षेत्रलाई संघीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी सुरक्षा फौज राखेर संरक्षण गर्न आग्रह गरेका छन्।
मेयर हमालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी तथा लोपोन्मुख वन्यजन्तुको महत्वपूर्ण बासस्थान भएको बताएका छन्।
उनले उक्त क्षेत्रलाई “देशकै महत्वपूर्ण सम्पत्ति” भएको उल्लेख गर्दै सम्पूर्ण नेपालको साझा सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
“रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजन्तुको स्थान हो। यो देशको महत्वपूर्ण सम्पत्ति हो,” मेयर हमालले उल्लेख गरेका छन्।
हाल बाजुरा–हुम्ला सीमावर्ती क्षेत्रमा देखिएको विवाद र सुरक्षा चुनौतीका बीच मेयर हमालले संघीय सरकारलाई विशेष पहल गर्न आग्रह गरेका हुन्।