सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एउटै वडामा ५६ जनालाई संक्रमण, उपमहानगरमा ११३ जनाको छैन् ‘ट्राभल हिस्ट्री’

२०७७ भदौ १९, ०७:४९ खबर संवाददाता

धनगढी–सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ८५ पुगेको छ। प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा बुधवार सम्म दुई सय ८५ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये एक सय १३ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। जुन कुल संक्रमितको ४० प्रतिशत हो।

जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ। उनले बिहिवार मात्र २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जनाको ट्राभल हिस्ट्री नदेखिएको बताँए।

ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी, संक्रमितका परिवारका सदस्य र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। सबैभन्दा बढि वडा नम्वर ५ मा ५६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका अधिकासं स्थानीय छन्।

यस्तै वडा नम्वर १ मा ३२ जना, वडा नम्बर २ मा नौँ जना, वडा नम्वर ३ मा २२ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ। 

वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १२ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना, वडा नम्वर ११ मा ८ जना र वडा नम्वर १२ मा ३८ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै वडा नम्वर १३ मा चार जना, वडा नम्वर १४ मा २५ जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको छ।
 

कमेन्ट लोड गर्नुस