सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ साउन २७, ०१:०२ रासस

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौँडा उपमहानगरपालिका–११  बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।  

हेटाँैडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  इन्द्रबहादुर रानाले बताए।

अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले  दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस