सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सीमानाकामा लापरवाही, समुदायमा कोरोना फैलिने जोखिम बढ्यो

२०७७ साउन २४, १२:०६ जनक विष्ट

धनगढी : सुदूरपश्चिमका सीमानाका अव्यस्थित बन्दै गएपछि समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिने जोखिम बढेको छ। सीमानाकामा आधारभुत स्वास्थ्य सुरक्षाका उपाय नअपनाएर समान्य समयको जस्तै आवागमन हुन थालेपछि जोखिम बढ्दै गएको हो। कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भारतसँग जोडिएका सीमानाकामा समान्य समयको जस्तै आवागमन हुन थालेपछि कोरोनाको जोखिम बृद्धि भएको हो।

अहिले भारतबाट फर्किनेहरुलाई समान्य स्वास्थ्य परीक्षण समेत नगरी घर पठाउन थालिएको छ। त्यसरी फर्किनेहरु सार्वजनिक सवारी भएर गन्तव्य सम्म गईरहेको भएपनि स्थानीय प्रशासनले उनीहरुको संख्या संकलन गर्ने बाहेक अन्य व्यवस्थापन नहुँदा जोखिम बढेको हो। अहिले सामान्य समयमा जस्तै वस व्यवसायीहरुले सीमामा यात्रु तानातान गर्दै गन्तव्यतर्फ लगिरहेको दृष्य देख्न सकिन्छ। लकडाउनका बेला भारतबाट फर्किनेहरुलाई सीमा क्षेत्रमा होल्ड गरेर सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउने गरिएको थियो।

तर अहिले स्थानीय तहले समेत आफ्ना नागरिकको व्यवस्थापनका बारेमा चासो दिन छोडेपछि उनीहरु आफै व्यवस्थापन गरी घर फर्किरहेका छन्। सीमानाका अव्यवस्थित भएपछि भारतका कोरोना प्रभावित क्षेत्रबाट फर्किनेहरुको माध्यमबाट गाउँ गाउँ सम्म संक्रमण फैलिने जोखिम बढेपनि वेवास्ता गरिएको हो। तर कैलाली प्रशासनले भने लकडाउन खुलिसकेको अवस्थामा भारतबाट फर्किनेहरुलाई कसरी व्यवस्थित रुपमा भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमानाका व्यवस्थित गर्ने विषयमा छलफल भईरहेको जानकारी दिए। भारतबाट फर्किनेहरुलाई गन्तव्य सम्म पुगाउन प्रयोग गरिएका सवारी साधनमा समेत पर्याप्त स्वास्थ्य सुरक्षाका उपाय नअपनाएको देखिएको छ। मापदण्ड अनुसार गाडीमा यात्रु ओर्साेदा दुरी कायम गर्नुेपर्ने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने लगायतका सावधान अपनाउनुपर्ने भएपनि त्यसो नगरिदा उनीहरुबाट समेत जोखिम बढेको हो।

तर सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले भने सवारी चालक तथा अन्य मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न निर्देशन दिर्ईएको बताए। उनले मास्क, सेनीटाईजर, ग्लब्स लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीको अनिवार्य प्रयोग गर्न भनिएको तैपनि ती उपाय लागु नगर्नेहरुलाई सचेत गराईने जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्किनेहरुको सीमानाकामै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने दावी गर्दे आएको भएपनि अहिले सम्म आवश्यक मोडालिटी समेत बन्न सकेको छैन्। सीमानाकामा परीक्षण्को व्यवस्था गर्ने विषय छलफलकै चरणमा रहेकाले छिट्टै टुङ्गोमा पुग्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

उनले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य प्रयोगशालाले सीमानाकामा स्बाव संकलन र परीक्षण गर्ने विषयमा आवश्यक गृहकार्य गरिरहेको बताए। तर सीमाानाकामा भईरहेको अव्यवस्थित आवागमनलाई व्यवस्थापन गर्न नसकेमा भारतबाट फर्किनेहरुको माध्यमबाट गाउँ गाउँमा कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको छ।

अहिले सम्म सुदूरपश्चिममा समुदाय स्तरमा आशिंक संक्रमण देखिएपनि सीमानाका व्यवस्थित नभएमा भयावह अवस्था आउनसक्ने भएकाले स्थानीय प्रशासन, प्रदेश सरकार र स्थानीय तह लगायतका निकायलाई गम्भीर बन्दै व्यवस्थित गर्न सुझाव दिईएको छ।

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस