सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी नेता वेपत्ता पारेको भन्दै अखिल क्रान्तिकारीद्धारा मानव अधिकार आयोगमा उजुरी

२०७७ साउन ६, ११:३४ खबर संवाददाता

धनगढीः  नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेतालाई वेपत्ता पारेको भन्दै मानव अधिकार आयोगमा उजुरी दिईएको छ।

अखिल क्रान्तिकारीको सेती महाकाली समन्वय समितिले सोमबार कैलाली जिल्ला अदालतबाट रिहा भएका नेतालाई पुनः गिरफ्तार गरी वेपत्ता पारिएको भन्दै मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीमा उजुरी दिएको हो।

क्रान्तिकारीका सेती महाकाली समन्वय समितिका संयोजक बिरेन्द्र शाहले दिएको उजुरीमा मानव अधिकारको रक्षाको माग गरिएको छ।

‘बेपत्ता पारिएका साथीहरुको यथेष्ट सुचना, नागरिकहरुको मौलिक हक र  मानव अधिकारको रक्षा लागी सम्बन्धीत निकायलाई सचेत गराई दिन हुन अनुरोध गर्दछौं।’ उजुरीमा भनिएको छ, ‘झुठो मुद्दामा हिरासतमा भए उहाँहरुसँग पारिवारिक भेटघाट र अन्य सहजताका लागि आवश्यक पहलकदमी गरिदिन हुनु अनुरोध गर्दछौं।’

असार १३ गते धनगढीबाट पक्राउ परेका क्रान्तिकारीका केन्द्रिय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र नेता प्रकाश रावललाई जिल्ला अदालतले सोमबार साधारण तारेखमा रिहा गरेको थियो।

रिहा गरे लगत्तै पक्राउ परेका उनीहरुलाई कहाँ राखिएको छ भन्ने कुरा प्रहरीले खुलाएको छैन्।  

सम्बन्धीत समाचार 

कैलाली जिल्ला अदालतबाट रिहा भएका विप्लव निकट क्रान्तिकारीका नेता फेरी पक्राउ

कहाँ छन् धनगढीबाट पक्राउ गरिएका विप्लवका विद्यार्थी नेता ? क्रान्तिकारी भन्छ– वेपत्ता पारियो

 

कमेन्ट लोड गर्नुस