सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अदालतबाट रिहा भएका विप्लव निकट क्रान्तिकारीका नेता फेरी पक्राउ

२०७७ साउन ५, ०७:२३

धनगढीः जिल्ला अदालत कैलालीबाट रिहा भएका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता फेरी पक्राउ परेका छन्।

प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारीका विद्यार्थी नेता बबरजंग सिह, सुवास जोशी र प्रकाश रावललाई फेरी पुनः पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत कैलालीले २५ दिनमा साधारण तारेखमा छोडेको थियो।

पक्राउ परेका नेता सिँहले भने, ‘गत असार १३ गते पक्राउ गरिएको हो। सुरुमा सार्वजनिक मुद्दा लगाइएको थियो। पुनः चन्दा संकलनको मुद्दा लगाईयो। आज जिल्ला अदालतबाट रिहा भएकोमा फेरी पक्राउ गरेर लैजादैछन्। कता लैजान्छन त्यो पनि थाहा छैन्।’  

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अदालतबाट रिहा भएका विद्यार्थी नेतालाई पक्राउ गरिएको जानकारी भएपनि कुन मुद्दा हो भन्ने विषय नखुलेको बताए।

कमेन्ट लोड गर्नुस