सुदूर नेपाललाई विश्वसँग जोड्दै

फूलवारीको स्याउले बजारमा खानेपानी संकट समाधानका लागि डिप बोरिङ जडान हुने

२०८३ असार ९, १०:५० नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ अन्तर्गत स्याउले बजार क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा नलका तथा धारा सुकेर स्थानीयवासीले खानेपानीको गम्भीर अभाव झेल्दै आएका छन्। खानेपानीको बढ्दो समस्यालाई ध्यानमा राख्दै उपमहानगरपालिकाले ट्याङकरबाट उक्त क्षेत्रमा पानी वितरण गर्न थालेको छ। यस्तै, खानेपानीको समस्या समाधान गर्न स्याउले क्षेत्रमा डिप बोरिङ जडान हुने भएको छ।

नगर प्रमुख गोपाल हमालले वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्ट सँग छलफल गरी तत्काल राहतका उपाय अघि बढाइएको जानकारी दिएका छन्।

छलफलको निर्णयअनुसार स्याउले बजार नजिकै रहेको वन कार्यालय अगाडि डिप बोरिङ नलका गाडेर स्थानीयवासीलाई खानेपानी उपलब्ध गराउने कार्य आजै मङ्लवारदेखि नै प्रारम्भ गरिने भएको छ। यसले बर्खा सुरु नहुन्जेलसम्म स्याउले बजार क्षेत्रका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बर्खा नपुग्दासम्म आज उपलब्ध गराइएझैं पुरानो दमकल तथा अर्को पानी ट्यांकरमार्फत खानेपानी बाहेकका अन्य दैनिक प्रयोजनका लागि प्रयोग गर्न स्याउले बजारमा नियमित रूपमा पानी उपलब्ध गराइने जानकारी पनि दिइएको छ।

उक्त जानकारी नगर प्रमुख गोपाल हमालले दिएका हुन्। थप जानकारी तथा आवश्यक समन्वयका लागि वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस