कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
कैलालीको विभिन्न स्थान धनगढी उपमहानगरपालिका–७ जोख्खरताल नजिक र भजनी नगरपालिका–२ गौनहियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ७ हजार ६ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ।
उक्त स्थानबाट भन्सार छलीको बिडी, मोबाईल ग्लास, प्लाष्टिक झिल्ली लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ५० हजार ७ सय बराबरको सामान बरामद गरेको छ। कञ्चनपुरबाट मोबाईल कभर, सुट कपडा लगायतका सामान सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।