सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका पहिरो पीडित परिवारलाई धनगढीबाट सहयोग

२०७७ असार ३१, ०६:४० खबर संवाददाता

धनगढी: बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा अविरल वर्षासँगै आएको पहिरोमा परी विस्तापित भएका परिवारलाई सहयोग गरिएको छ।

बझाङ घर भई हाल धनगढी उप–महानगरपालिकाको फुलवारीमा बस्दै आएकाहरुले धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको कपडा बैंकमार्फत पहिरो पीडितलाई सहयोग गरेका हुन्। उनीहरुले लुगाकपडा, भाडा र खाद्यान्न संकलन गरी कपडा बैंकका सञ्चालक गोपाल हमाललाई हस्तान्तरण गरेका थिए।

हमालले एक हजार चार थान कपडा, भाडा र खाद्यान्न आजै बझाङ सेवा समितिका बरिष्ठ सदस्य अंगद भण्डारीलाई हस्तान्तरण गरेका छन्। कपडा बैंकले बझाङमा पहिरोबाट विस्थापित परिवारका लागि कपडा संकलन गर्नका लागि केही दिन अगाडी मात्रै सूचना जारी गरेको थियो। 

यस्तै दिनेश संञ्चार गृहका प्रबन्ध निर्देशक, सुन्दर सुदूरपश्चिमका अभियान्ता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रित सदस्य समेत रहेका हमालले आजै पहिरो पीडितका लागि ५१ हजार सहयोग रकम पनि हस्तान्तरण गरेका छन्। हमालले यसअघि नै पहिरोबाट विस्तापित परिवारलाई राहत वितरण गर्न ५१ हजार सहयोग गर्ने घोषणा गरेका थिए।

असार १९ गते राति केदारस्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गएको पहिरोले ६ जनाको मृत्यु भएको थियो भने २० घर बगेका थिए। एक जना अझै वेपत्ता छन्। उक्त घटनापछि बझाङ सेवा समिति र बझाङ कैलाली सम्पर्क समितिले धनगढीमा राहत संकलन सुरु गरेको थियो। 

राहत संकलन अभियानमा सुर्य प्रकास जोशी, नरेश थापा, अंगद भण्डारी, रबी थापा, जनक डौड्याल, विष्णु डौड्याल, पदम थापा, गोकुल पण्डित लगायतका युवाहरु सक्रिय रहेको बझाङ सेवा समिति तथा बझाङ–कैलाली सम्पर्क समितिका सचिव ज्योतीप्रकास जोशीले बताए। 

 

कमेन्ट लोड गर्नुस