सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०८३ असार १३, ०७:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–६ सिसैयाका २८ वर्षीय सुरेन्द्र रानालाई शुक्रबार दिउँसो ५०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी सुडाबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो। 

त्यसैगरी, बेदकोट नगरपालिका–७ मन्दिरपुरका २६ वर्षीय सुनिल डगौरालाई ९०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ८ हजार ४४५ रुपैयाँ नगदसहित शुक्रबार बिहान पक्राउ गरिएको छ। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस