सुदूर नेपाललाई विश्वसँग जोड्दै

'उ बगर'

२०७७ असार २९, ०१:५९

 -रेशम राज बोगटी क्षेत्री(रश्म)

कलकल बग्ने खोलानाला,
हरियाली रनबन छोडेर,
त्यही खोल्सो काल्नाको बाटो मोडेर,
मन भारी बनाउदै,
उ बगरलाइ हरियाली बनाउन निस्क्यो।
उ सङ्गै धेरै सहपाठी, 
उसका पूर्वज उहिले नै।

हातगोडा वेशी चलेका छन्,
नङ्ग्रा खियको छ।
तप्प तप्प पसिना चुहिन्छ,
उसको पसिनाले हिजो रेत नै रेत को खाडी
आज हराभरा हुँदैछ।

प्यासले ब्याकुल भएर बोतको बिर्खो खोली,
जब एक घुडकी लाउछ,
मरुभुमीको बेस्वादिलो पानी,
कति मिठो पानी मेरो हिमालबाट बगेको छ।
ती अमुल्य  जडीबुटी सङ ठोकिँदै, 
पहाडमा झरना, तराइमा खोला बनेर फैलिएको छ।
उ त्यहीँ टाकुरा भिर पहाडमा जन्मे हुर्केको हो,
त्यसैले गलेको छैन,
प्रचण्ड गर्मी को रापले।

तर आज उ झस्किन्छ डराउँछ।
ती अमुल्य प्रकृतिमा,
कसैको आँखा गडेको छ ,
कोहि मोल मोलाइ गर्न राजी भएका छन।
बिस्तारै बिस्तारै उ आफ्नो,
हरियाली, नदी र नाला सुक्दै गएको देख्छ।

आफ्ना आफ्नै बिच आज,
ठुलो,सानो र जात धर्मको,
नर नारी संहार बढिरहेको देख्छ।
कठै उसको  हिमाल, पहाड, तराइ,
उस्को मनले यस्तै भन्छ।
कहिले रुन्छ कहिले हाँस्छ, पागल झैँ, 
आफुलाइ सराप्छ, हिजो सतिले सरापेझै,

उ सोचिरहेछ।
एक बगर हरियाली बन्न सक्छ भने,
हरियाली बगर कसरी बन्दैछ?
कहिले गर्भ गर्छ,
आफ्ना बलिस्ठ पाखुरी अनि बिरताको गाथामा,
उस्ले सक्ने भनेकै यत्ती हो र ?
कि अरु पनि छ ?

  

 

कमेन्ट लोड गर्नुस