सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजिटिभ

२०७७ असार २८, ०६:०१

भारतीय चलचित्र उद्योग (बलिउड)का महानायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ। कोरोना पोजिटिभ देखिएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ।

उनले ट्वीटर मार्फत आफुलाई कोरोना देखिएको जानकारी दिएका हुन्।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजिटिभ देखिएको छ। अस्पतालमा लैजाँदै छन्। अस्पतालले अधिकारीहरुलाई सूचित गरिरहेको छ। परिवार र बाँकी कर्मचारी मेरो जाँच तथा परीक्षणमा खटिनुभएको छ। परीक्षणको नतिजाको पर्खाइमा छौँ। गएको १० दिनमा मेरो सम्पर्कमा आउनुभएका सबैलाई आ–आफ्नो परीक्षण गर्न आग्रह गर्छु।’
 

कमेन्ट लोड गर्नुस