सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीबाट भन्सार छलीको सामान बरामद

२०८३ भदौ २४, ०७:२९ खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

कैलालीको भजनी नगरपालिका–५ मिलनपुर र हलौनाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५५ हजार बराबरको सुटपिस, लसुन, धनियाँ लगायतका सामान बरामद गरिएको हो। उक्त सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस