सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए

२०७७ असार २७, ०७:५० रासस

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ। त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ। थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ।

त्यसैगरी फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आइतबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले छ उडानमार्फत बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ।

आज आन्तरिकतर्फ विभिन्न एयरलाइन्सले १० चार्टर्ड उडान गरेका छन्। मनाङ एयरले लुक्लामा एक उडान, सिम्रिक एयरले बुटवलमा दुई उडान, एयर डाइनेष्टीले धादिङमा दुई उडान, कैलशा हेलिकप्टरले तातोपानीमा दुई उडान र प्रभु हेलिकप्टरले पोखरामा दुई चार्टर्ड उडान गरेका छन्।
 

कमेन्ट लोड गर्नुस