सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन गर्ने तयारी

फाईल तस्बिर
फाईल तस्बिर
२०७७ असार २७, ०६:१३ रासस

कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ।

गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो। 

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए।

बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र  स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस