सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको स्थानीय चलचित्र ‘अधुरो सपना’ सार्वजनिक हुने

२०७७ असार २७, ०६:१२

धनगढी: डोटीको स्थानीय चलचित्र ‘अधुरो सपना अ ड्रिम व्वाई’ लाई सार्वजनिक गर्नेे तयारी भइरहेको छ। कोरोना प्रभावका कारण जारी लकडाउनको अवधीमा डोटीका स्थानीय कलाकारहरुले निर्माण गरेको चलचित्र साउनको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी भइरहेको हो। 

नेपाली समाजको समसामहिक घटनाहरुलाई समेटेको उक्त चलचित्रको छायाङ्कन यहि असारको पहिलो हप्तादेखि सुरु भएको थियो। स्थानीय कलाकार सनम परियार र स्वस्तीका खत्रीको मुख्य भुमिका रहेको चलचित्रको निर्देशन आभास बाग्चन्दले गरेका छन्। 

प्रेम कथामा आधारित उक्त चलचित्र करिब ३० हजारको लगानिमा निर्माण भएको प्रोड्युसर आदित्य बिक्रम जंगले बताए। साउनको पहिलो हप्ता नै डोटीका विभिन्न सार्वजनिक स्थलहरुमा प्रर्दशन हुने उक्त चलचित्र ड्रिमर्स ब्वाइ नामक युट्युब च्यानलमार्फत समेत सार्वजनीक गरिने निर्देशक आभास बाग्चन्दले बताए। 

कमेन्ट लोड गर्नुस