सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

२०७७ असार २६, ११:१२

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ। आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको हो। देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत जानकारी दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’

 

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ। यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ  तर सहमति भने भैसकेको छैन। छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस