सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गेसको ‘एउटा फोटो खिच’ विवादमा

२०७७ असार २३, ०१:०७ खबर संवाददाता

धनगढी : गत वर्ष ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ नामक तीज गीत ल्याएर चर्चामा आएका गायक दुर्गेश थापाले यस पालीको तीजलाई लक्षित गर्दै ल्याएको ‘बीच्चबीच्चमा–२’ अर्थात ‘एउटा फोटो खिच’ भन्ने बोलको गीत विवादमा तनिएको छ।

उक्त गीतमा प्रयोग भएको शब्द चोरी भएको आरोप लागेको हो। लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ। गायक थापामाथि ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप छ।

उनले गीतको तेस्रो अन्तरामा उक्त शब्द प्रयोग गरेका छन्। झण्डै चार दशक अगाडी सार्वजनिक उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस