सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म 'सूर्यवंशी' को रिलिज मिति तोकियो

२०७७ असार १७, ०१:११ खबर संवाददाता

कोरोना भाइरसका कारण भारतमा फिल्मी कामहरु बन्द भएका छन्। लकडाउनपछि रिलिज हुनबाट रोकिएका फिल्महरु अब बिस्तारै हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुन थालेका छन्। 

केही समयअघि अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’ पनि ओटीटी प्लेटफर्ममा रिलिज हुने बताइएको थियो। तर निर्देशक रोहित शेट्टीले भने फिल्म ‘सूर्यवंशी’ दिपावलीमा रिलिज गरिने बताएका छन्। 

अभिनेता अक्षय कुमार र कटरीना कैफको मुख्य भुमिका रहेको यस फिल्म बक्सअफिसमा राम्रो कमाई गर्ने अनुमान लगाइएको थियो। यस फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा रहेका छन्। 

 

कमेन्ट लोड गर्नुस