सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक भुवन केसीले यौन दुर्व्यवहार गरेको साम्राज्ञीकाे आरोप, भुवन भन्छन्, ‘झुट हो’

२०७७ असार १६, ०२:५२ खबर संवाददाता

धनगढी: यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसीको लफडाले समाजिक संञ्जाल तातेको छ। विवाद तब सुरुभयो जब साम्राज्ञीले भुवनले आफूलाई छोरी भनेपनि पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएर भिडियो पोष्ट गरिन। 

शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन।  केसीले आफूलाई पटक पटक गलत नियतले छोएको साम्राज्ञीले आरोप छ। 

साम्राज्ञीले ड्रिमको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण राख्दै आएको जनाएकी छन्। जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन्। साम्राज्ञीले भनेकि छन् –’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्मातारनिर्देशकहरु आक्रमण शैलीमा आउँथे। उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ। किनकि, मलाई कामसँग प्रेम छ। कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु।’

उता भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन्। चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन्।
भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’

भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए। डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन्।  केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो। तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ।

कमेन्ट लोड गर्नुस