सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाबाट स्वदेश फिर्ताका लागि नयाँ उडान तालिका सार्वजनिक

२०७७ असार १६, १२:२५ खबर संवाददाता

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि बुधबारदेखि विभिन्न एअरलाइन्सले ९ वटा उडान भर्ने भएका छन्। बुधबार जुलाई १ देखि जुलाई १० सम्मको नयाँ उडान तालिका सार्वजनिक भएको हो।

८ दिनको अवधिमा नेपाली र विदेशी जहाजले ९ उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ। जुलाई २ मा नेपाल एअरलाइन्स र मलिण्दो एअरले, जुलाई ३ मा मलिण्दो एअरले, जुलाई ४ मा नेपाल एअरलाइन्सले, ६ मा हिमालयले, ७ मा नेपाल एअरलाइन्सले, ८ मा हिमालय एअरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एअरलाइन्सले नै उडान भर्ने तालिका दूतावासले सार्वजनिक गरेको छ।

हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले १५ सय ९० मलेसियन रिंगिट अर्थात ४५ हजार एक सय रुपैयाँ भाडादर तोकेको छ भने मलिण्दोले केही सस्तो १५ सय मलेसियन रिंगिट भाडा तोकेको छ। समस्यामा परेका, विभिन्न कारणले नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीले स्वदेश फिर्ताका  लागि दूतावासमा आफ्नो समस्यासहित आफ्नो विवरण टिपाउनुपर्छ। 

स्वदेश फर्कनेको साथमा चेकआउट मेमो या बिदामा फर्कने हो भने बिदाको कागज साथमा अनिवार्य रुपमा हुन पर्नेछ। सरकारले तोकेको मापदण्ड अनुसार नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोना जाँच पनि गर्नुपर्छ।

कमेन्ट लोड गर्नुस