सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायनसंगै अभिनयमा पनि अब्बल प्रविशा

२०७७ असार १२, ११:१४ खबर संवाददाता

गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएको छ। गीतमा, ”चाहिन्न अर्खो जन्म, चाहिन्न अर्खो जुनि, यही जुनिमा  मलाई चोखो माया देउ” भन्दै प्रबिशा गायन संगै अभिनयमा पनि उतिकै अब्बल देखिएकी छन्। 

उक्त गीतको शब्द कमला गजमेरले लेख्नु भएको हो, भने संगीत संयोजन उत्तम राईले गरेका छन। ”केहि फरक गर्न्ने प्रायस गरेका छौँ, गीताको अडियो भिडियो दुबै राम्रो बनेको छ । आशा छ दर्शकले गितलाई हेरेर मन पराईदिनुहुनेछ” संगीताकार राईले भने ।

प्रविन भट्टको निर्देशनमा बनेको भिडीयोमा गायीक प्रविशा अधिकारीको सुन्दर अभिनय समेत देख्न सकिन्छ । उक्त भिडियो उत्तम राई अफिसिएलको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।

कमेन्ट लोड गर्नुस