सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक, के छ रिपोर्टमा ?

२०७७ असार ११, ०४:०८ खबर संवाददाता

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ११ दिनपछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। उनले जुन १४ तारिखमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए।

रिपोर्टका अनुसार उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको देखिन्छ। सुशान्तको निधनमा छेडखानी नभएको रिपोर्टमा उल्लेख छ। 

तर, उनका आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन्। उनीहरुले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने माग पनि गरेका थिए। सुशान्तको निधन पश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ।

कमेन्ट लोड गर्नुस