सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम फाउण्डेसनले भन्यो– प्रयोगशालाकर्मीले उल्टै दुव्र्यवहार गरेका हुन्

२०७७ असार ६, ०४:०२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम फाउण्डेसनले सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मीमाथि दुव्र्यवहार नगरेको दावी गरेको छ। आज प्रेस विज्ञप्ती जारी गर्दै फाउण्डेसनले संस्थामा आवद्ध कुनैपनि युवाले प्रयोगशालाकर्मीमाथि दुव्र्यवहार नगरेको जनाएको हो।

‘५ गते दिउँसो सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको भनिएको घटनामा फाउण्डेशनलाई जोडेर केही अनर्गल प्रचारको दुष्प्रयास गरिएकोमा सुदूरपश्चिम फाउडेशनको गम्भिर ध्यानाकर्षण भएको छ।’ अध्यक्ष भरत शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘आफ्नो ज्यानको बाजी राखी विगत २५ दिनदेखि त्रिनगर सीमानाकामा खाना र पानी वितरण कार्यमा अहोरात्र खटिएका फाउण्डेशनका ४५ जना स्वंमसेवी युवाहरु (बायोमेडिकल इन्जिनियर समेत) आरडिटी परीक्षणका लागि सबै प्रक्रिया पुरा गरेर मध्यान्ह्रतिर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पुगेका थिए। परीक्षणका लागि नमूना संकल विधि त्रुटीपूर्ण रहेको हामीले जानकारी गरायौं। त्रुटी औल्याउँदा त्यहाँ कार्यरत निमित्त ल्याब प्रमुख दुर्गादत्त जोशीले उल्टै फाउण्डेशनका स्वंमसेवीमाथि दुब्र्यवहार गरेका हुन्।’ 

शुक्रवार फाउण्डेसनका युवाहरुले परीक्षण विधी सिकाउँदै प्रयोगशालाकर्मीमाथि कुटपिटको धम्की र हातपात गरेको आरोप लागेको थियो।

 

कमेन्ट लोड गर्नुस