कैलालीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु, चालक गम्भीर
कैलारी :कैलालीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका ७ मा हुलाकी राजमार्गमा ग७ प ७८३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकलमा सवार ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले ठक्करबाट गम्भीर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको जानकारी दिए।
प्रहरी नायब उपरिक्षक विष्टका अनुसार दुर्घटनामा मोटरसाईकल चालक कैलारी ७ कै २० वर्षीय अमित चौधरी पनि गम्भीर घाइते भएका छन्। उनको सेती अस्पतालमा उपचार भईरहेको छ।
मोटरसाईकल पछाडी सवार २१ वर्षीय विष्णु चौधरीको अवस्था भने समान्य छ।