सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

२०७७ जेठ २१, ११:५७ खबर संवाददाता

जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

 

कमेन्ट लोड गर्नुस