सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

। फोटो स्रोत ।
२०७७ जेठ २१, ११:१६ खबर संवाददाता

रुकुम पश्चिममा वडा अध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा २०।२५ जना युवाहरुले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन्। पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ। 

उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेको बताइएको छ। वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित हुन्। 
 

कमेन्ट लोड गर्नुस