सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कोरोना संक्रमित स्वास्थ्यकर्मीले भने– सीमामा सुरक्षित हुन सकिएन

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ २१, ०८:४१ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट जेठ ८ गते आँठ सय बढि नेपालीको उद्धार गरिएको थियो। सोही भीडमा रहेका १० जना भन्दा बढिलाई कोरोना पुष्टि भईसकेको छ। सो दिन प्रदेश सरकारले आरडिटी किटको व्यवस्थापन गरेपछि कञ्चनपुरको पुनरवास नगरपालिकाका ३६ बर्षीय ल्याव असिस्टेन्ट पनि ¥यापिड टेस्टमा खटिए।

‘व्यक्तिगत सुरक्षा सामाग्री त प्रयोग गरेकै थिए,’ ति स्वास्थ्यकर्मीले दिनेश खवरलाई भने, ‘सीमामा भिड धेरै भएकाले आफुलाई पूर्ण रुपमा सुरक्षित भने राख्न सकिएको थिएन्। सोही दिनदेखि आफुमाथि पनि आशंका उब्जिएको थियो।’ 

उनले सीमा क्षेत्रमा ¥यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वारेन्टिनमा गएर ¥यापिड टेस्ट र शंकास्पद बिरामीको स्वाब संकलन गरेको बताए।

१७ गते आफ्नो समेत स्वाव संकलन गरेर पठाएको बताउँदै उनले भने, ‘मंगलवार दिउसो मेडीकल ल्याव एसोसिएसन अफ नेपालको धनगढीमा छलफल थियो। म पनि जिल्ला सदस्य भएकाले छलफलका लागि धनगढी आएको थिए। प्रयोगशालाकर्मीबाटै रिपोर्ट पोजेटिभ आएको जानकी भएपछि सुरुमा त विश्वास लागेन्। सत्य खवर रहेछ पछि विश्वास गर्नैप¥यो। त्यसपछि मोटरसाईकलमै सेती अस्पताल तर्फ हानिए।’ 

‘मैले स्वाब संकलन गरेका चार जनामा कोरोना पुष्टि भएको जानकारी पाएको छु,’ उनले भने, ‘स्वाब संकलनकै क्रममा कोरोना सरेको होला जस्तो त मलाई लाग्दैन्। किनकी मैले व्यक्तिगत सुरक्षाका सामाग्रीको प्रयोग गरेको थिए। सतर्कता पनि अपनाएको थिए। तर सीमामा सयौँको भिड भएकाले आफुलाई सुरक्षित राख्न सकेन जस्तो लागिरहेको छ।’

कोरोना विरुद्धको लडाइमा अग्रमोर्चामा खटिएका ३६ बर्षीय संक्रमित स्वास्थ्यकर्मी साँझ भने सधै घर जान्थे। घरमा दुई छोरी र श्रीमती छिन्।

दिनेश खवरसंग कुराकानीकै क्रममा संक्रमित स्वास्थ्यकर्मीले भने, ‘कोरोना पुष्टि भएपनि मलाई कुनै लक्षण समेत देखिएको छैन्। छिट्टै कोरोनालाई जित्छु जस्तो लाग्छ। परिवारको चिन्ता लागिरहेको छ। आज परीक्षणका लागि स्वाब संकलन गरिदिन आग्रह गरेको छु।’
 

कमेन्ट लोड गर्नुस