सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सर्ने भन्दै वडाअध्यक्षले नै गाडे ६ ट्रक तरकारी

२०७७ जेठ १९, १०:३२ खबर संवाददाता

पोखरामा तरकारी तथा फलफूलबाट कोरोना सर्ने भन्दै चितवनबाट ल्याएको तरकारी खाल्डो खनेर पुरिएको छ।  गत जेठ १५ गते चितवनबाट व्यापारी ल्याएको तरकारीबाट कोरोना सर्ने भन्दै ६ ट्रक तरकारी र फलफूल पुरिएको हो। पोखरा महानगरपालिकाका वडा अध्यक्ष प्रकाश पौडेल नेतृत्वको टोलीले गोलभेडा लगायत ६ ट्रक तरकारी डोजरले खाल्डो खनेर पुरेको हो।  

बाहिरी जिल्लाबाट तरकारी ओसारपोसार गर्दा कोरोना संक्रमणको जोखिम बढी भएकोले नष्ट गरेको वडा अध्यक्ष पौडेलले बताए।  पोखराको पृथ्वीचोक नजिकैको बास्टोला कम्पेक्समा रहेको तरकारी पसल सञ्चालक हरि गौतमले तरकारी चितवनबाट ल्याएका थिए। उनै गौतमले ल्याएको तरकारी नष्ट गरिएको हो।  पोखरामा अहिले गोलभेडा प्रतिकिलो १२५ रुपैयाँमा कारोबार भइरहेको बताइएको छ। तर, पोखरा आशपासमा उत्पादन भएको तरकारीले पोखराको माग नधानरिहेको बेला जनप्रतिनिधिकै नेतृत्वमा तरकारी नष्ट गरिएको छ।

पोखरा महानगरपालिकाले गत जेठ ११ गते  राखेको सर्वपक्षीय बैठकले कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेको छ।   
 

कमेन्ट लोड गर्नुस