धनगढीमा मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाईते
धनगढी : धनगढीमा मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाईते भएका छन्। दुई जना मोटरसाईकल चालक र दुई जना मोटरसाईकलमा सबार गरी चार जना घाईते भएका हुन्। से ७ प ३०६१ नम्वरको मोटरसाईकल र से ६ प ८८६ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा चार जना घाईते भएका हुन्।
से ६ प ८८६ नम्वरको मोटरसाईकलका चालक धनगढी–४ का २८ बर्षीय योगेन्द्र खडका र मोटरसाईकलमा सवार धनगढी–३ का प्रेम बुढा तथा से ७ प ३०६१ नम्वरको मोटरसाईकलका चालक बझाङ मष्टा गाउँपालिका ५ का २४ बर्षीय चिरिन्जवी बोहरा र सवार २६ बर्षीय महमोद आलम घाईते भएका हुन्।
उनीहरुलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको चटक प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दले बताए।