सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै स्थानीय तहका १२ जनामा कोरोना

२०७७ जेठ १९, ०४:५२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कैलालीका मात्रै १४ जना रहको छन्। कैलालीमा १४ जना मध्ये १२ जना भने एउटै स्थानीय तहमा रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका १४ संक्रमित मध्ये एक जना धनगढी उप–महानगरपालिकाका २५ बर्षीय पुरुष र बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेका छन्। बाँकी १२ जना भने गौरीगंगा नगरपालिकाका छन्। गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष रहेका छन्।

यस्तै गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई बताए। 

आज पुष्टि भएका कञ्चनपुरका संक्रमित भने शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन भने डोटीका संक्रमित भने शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष हुन्। यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुष हुन्।

कमेन्ट लोड गर्नुस