सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १८ नयाँ संक्रमित कुन स्थानीय तहका कति ?

२०७७ जेठ १९, ०४:४५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका १४, कञ्चनपुर, डोटी, अछाम र बैतडीका एक/एक गरी १८ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु मध्ये कैलालीमा तीन जना महिला छन् भने बाँकी सबै पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

कैलालीका १४ संक्रमित मध्ये एक जना धनगढी उप–महानगरपालिकाका २५ बर्षीय पुरुष, गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष, बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेका छन्।

गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई बताए। 

कञ्चनपुरका संक्रमित शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन भने डोटीका संक्रमित भने शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष हुन्। यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुष हुन्। 

योसंगै सुदूरपश्चिम प्रदेशभित्र संक्रमितको सङख्य ४३ पुगेको छ भने बाँकी दुई जनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ। कैलालीमा २७, बैतडीमा ६, अछाममा तीन, बाजुरा र कञ्चनपुरमा दुई/दुई, डोटी, डडेल्धुरा र दार्चुलामा एक/एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुरा र बझाङका एक/एक जना संक्रमित भने कर्णाली प्रदेशमा उपचाररत छन्।

कमेन्ट लोड गर्नुस