सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीसीआर परिक्षण गरेर घर फर्किदै गरेका एक जनाको बाटोमै मृत्यु

२०७७ जेठ १९, ०१:३७ खबर संवाददाता

कोरोनाको पीसीआर परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका एक व्यक्तिको घर जाँदै गर्दा बाटोमै मृत्यु भएको छ। स्याङ्जाको फेदिखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्कीको मृत्यु भएको बताइएको छ।

जेठ १३ गते वनारसबाट फर्केर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनको १६ गते स्वाब संकलन गरिएकोमा १८ गते आइतबार  पीसीआर नतिजा नेगेटिभ आएको थियो। पीसीआर नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनलाई  डिस्चार्ज गरिएको थियो।

डिस्चार्जपछि घर जाने क्रममा एक्कासी ढलेपछि उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उनको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको जनाइएको छ। आइतबार साँझ उनको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुनः संकलन गरिएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस