सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी युवती मृत्यु प्रकरण : श्रीमान, सासु र नन्द विरुद्ध मुद्दा दर्ता

२०७७ जेठ १८, ०६:५९ खबर संवाददाता

धनगढी : धनगढीमा युवती मृत भेटिएको प्रकरणमा तीनजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। शनिबार धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा मृत भेटिएकी २३ वर्षीया विवाहित युवती जयन्ती जोशीका माईती पक्षले जिल्ला प्रहरी कार्यालयमा उनका श्रीमान, सासु र नन्द विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले मृतकका माईती पक्षले मृतकका श्रीमान विष्णु जोशी, सासु हेमा जोशी र नन्द बिमला जोशी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको जानकारी दिए।

जोशी शनिबार आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा भेटिएकी थिईन्। माईती पक्षले उनको हत्या भएको आशंकामा मुद्दा दर्ता गरेका हुन्। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस