धनगढी उपमहानगरपालिकाद्वारा ऎश्वर्या विद्या निकेतन परिसरमा वृक्षारोपण
धनगढी: धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन भइरहेको विद्यालय वृक्षारोपण कार्यक्रम अन्तर्गत वडा नं. ५ स्थित ऐश्वर्य विद्या निकेतन विद्यालयको प्राङ्गणमा २४ वटा बोटबिरुवा टिगार्ड सहित रोपिएको छ।
कार्यक्रम अन्तर्गत विद्यालय क्षेत्रलाई हरियाली, स्वच्छ , शितलता र वातावरणमैत्री बनाउने उद्देश्य राखिएको छ। वृक्षारोपणसँगै बिरुवाको संरक्षणका लागि टिगार्ड प्रयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ।
यस अभियानले विद्यार्थीमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको छ।