सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ४ नाका भएर भारतबाट फर्किन पाईने

२०७७ जेठ १६, ०६:२५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका चार नाका भएर भारतबाट फर्किन पाईने भएको छ।

आज बसेको कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि सुदूरपश्चिमका चार नाका तोकेको हो। कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट स्वदेश फर्किन दिने निर्णय गरेको हो।

यसअघि स्थानीय प्रशासनको समन्वयमा कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतबाट फर्किनेहरुको उद्दार जारी राखिएको छ। स्थलमार्गबाट आउनेहरुका लागि सरकारले सुदूरपश्चिमका चारसँगै देशभरका २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए।

उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुरबाट पनि स्वदेश फर्किन पाईनेछ। 
 
 

कमेन्ट लोड गर्नुस