सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फल्टुडेबाट १ लाख ८ हजारको मदिरा सहित ट्रक नियन्त्रणमा

२०७७ जेठ १६, ११:०६ खबर संवाददाता

फल्टुडे : कैलालीको फल्टुडेबाट प्रहरीले मदिरा सहित ट्रक नियन्त्रणमा लिएको छ। धनगढीबाट मदिरा लगेर जोगबुढा जादै गरेको से १ ख १३७० नम्बरको ट्रकलाई फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय फल्टुडेका अनुसार ट्रकबाट एक लाख ८ हजार बराबरको मदिरा बरामद गरिएको छ।  ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाई छिपाई लगिरहेको अवस्थामा मदिरा बरामद गरिएको बताए।

यस्तै मदिरा व्यवसायी तेज बहादुर बोहरा र चालक खगेन्द्र साउँदलाई पक्राउ गरिएको छ। उनीहरुलाई आवश्इक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ। 
 

कमेन्ट लोड गर्नुस